लुम्बिनीका सांसद पदमुक्तको निर्णयविरुद्ध अध्यक्ष ठाकुर निर्वाचन आयोगमा


काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका छन् ।

ठाकुर पार्टीको बैठक नै नबसेको मितिमा लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना गैरकानुनी भएको बताउँदै आयोग पुगेका हुन् ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

 

प्रतिक्रिया