खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण


काठमाडौं – खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मन्त्री थापा ३ दिनदेखि कोरोना भाइरसको लक्षण देखिएकाले विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको थापाको सचिवालय स्रोतले जानकारी दिए । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

खाना खान मन नलाग्ने, टाउको दुख्ने समस्याका कारण मन्त्री थापा निवासमै आराम गरिरहेका थिए । थोरै विसञ्चो महसुस भएपछि संक्रमणको आशंकामा उनले कोभिड(१९ परिक्षणका लागि स्वाब दिएका थिए।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया