भारतमा एकै दिन ३ हजार ६४५ को मृत्यु, तीन लाख ७९ हजारमा संक्रमण


नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार २५७ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६४५ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहर फैलिएपछि एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिलो पटक हो । भारतमा हालसम्म २ लाख ४ हजार ८३२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म एक करोड ८३ लाख ७६ हजार ५२४ जनामा कोरोना संक्रमण भइसकेको छ । भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया