निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा, साँझ ७ बजेपछि छोडिने


काठमाडौं – कोरोना माहारी नियन्त्रणका लागि सरकारले जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी ३८१वटा साना जिपरकारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

साँझ ७ बजेपछि ती सवारीलाई छोडिने उनले बताए ।

प्रतिक्रिया