

नेपालबारे विवादित अन्तर्वार्ता चलाउने भारतीय पत्रकार गोस्वामी पक्राउ

नयाँदिल्ली – भारतस्थित महाराष्ट्र पुलिसले पत्रकार अर्णव गोस्वामीलाई पक्राउ गरेको छ ।
५३ वर्षीय एकजना इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उत्पिडन गरेको मामिलामा पक्राउ गरिएको हो ।
गोस्वामीले नेपाल–भारत सीमाका बारेमा विवादित अन्तर्वार्ता लिँदै आएका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या प्रकरणमा प्रहरीले अर्नब गोस्वामीलाई पक्राउ गरेको हो।
मुम्बई प्रहरीले गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइए पनि रिपब्किक टिभिले बन्द भइसकेको उक्त केस फेरि खोलिएको दाबी गरेको छ ।
गोस्वामीका दुवै टेलिभिजनहरु बन्द गरिएको छ भने ती टेलिभिजनसँग सम्बन्धित सबै पत्रकारलाई समेत विपक्षी बनाइएको जनाइएको छ ।

