बैतडीमा बेहुला–बेहुली चढेको जीप दुर्घटना, १२ घाइते


कञ्चनपुर – बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्लाको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुरमा जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बेहुली लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए ।

दुर्घटनामा बेहुला–बेहुली सामान्य घाइते भएका छन् । सबैको पाटनअस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया