उपत्यकाका सिडिओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञा लगाउने बाटो खुल्यो !


काठमाडौं – उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।

बिहान १० बजेका बस्ने तय गरिएको बैठकमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल हुने जनाइएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुटेका हुन् ।

उपत्यकाका यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित भएको हुनाले सिडिओहरुले छलफलपछि निषेधाज्ञा जारी गर्न सक्ने सम्भावना रहेको छ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरका तिनवटै कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ।

 

प्रतिक्रिया