

पूर्वकानुनमन्त्री तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी

काठमाडौँ – नेकपा एमालेले पूर्वकानुनमन्त्री एवम नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।
आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
खनाल–समूहमा रहेका तामाङ ओलीनिकट हुन पुगेका थिए ।

