भन्सार एजेन्टको लिखित परीक्षा जेठ २२ गते


काठमाडाैं – भन्सार एजेन्टको परीक्षा मिति सार्वजनिक भएको छ । गत चैत १६ गते भन्सार एजेन्टको लागि आवेदन खुला गरिएको थियो । सोही आवेदन अनुसार जेठ २२ गते परीक्षा मिति तोकिएको छ । परीक्षा दिउँसो १ बजे हुनेछ ।

परीक्षार्थीले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ । विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो ।

अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र, अहिले ६ सय ६० जनाको लागि परीक्षा गर्न लागिएको हो ।

प्रतिक्रिया