

मेरियट होटलमा ओलीले ‘खाए खा नखाए घिच’को दम्भ देखाएः माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले मेरियट होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले खाए खा नखाए घिच भनेजस्तो व्यवाहार देखाएको बताएका छन्।
शुक्रबार धनुषा पुगेका उनले भने,‘२८ फागुनको निर्णय सच्याउनुस्, माधव नेपाल नजिक रहेका जिल्ला अध्यक्ष हटाउनुभएको छ त्यसलाई फिर्ता गर्नुुस्, किन हटाउनुभयो? भनेर सोधें, राम्रो काम गरेनन् अनि हटाएको भन्ने जवाफ दिए।’
ओलीमा अझै दम्भ रहेको बताएका उनले भने,‘हिजो उनी धरहरा हेर्दै थिए, उनको अहंकार धरहराभन्दा माथि पुगिसकेको छ। हामी पार्टी छाड्नेवाला छैनौं।’
एकताका लागि ओलीले आफूले गरेका सबै निर्णय मानेर आउनुपर्ने भन्दै खाए खा नखाए घिचजस्तो गरेको बताउँदै उनले भने,‘तपाईको ६ महिनाको कारबाहीमा विचार गर्न सकिन्छ भनेका थिए। उनले मलाई हटाउने? ०३१ सालदेखि कोओर्डिनेशन केन्द्रको स्थापना गर्ने मध्येको एक जना म हुँ।’

