भोलिबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक


काठमाडौँ – कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका निम्ति पशुपतिनाथ दर्शनमा रोक लगाइएको छ । संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको जनाएको छ ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ,‘सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभरि फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया