कोरोनाबाट सिताराम यचुरीका छोरा आशिषको मृत्यु


नयाँदिल्ली – नेपाली राजनीतिसँग नजिक रहेका भारतका कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव यचुरीका छोरा आशिषको कोरोना संक्रमणले मृत्यु भएको हो।

३४ वर्षीय आशिषको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो। उनको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

यचुरीले सामाजिक सञ्जाल ट्वीटरबाट छोरा बितेको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘भारी दुःखका साथ भन्नु परेको छ-मेरा जेठा छोरा आशिष यचुरीलाई आज बिहान कोभिड–१९ का कारण गुमाएको छु।’

यचुरीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

प्रतिक्रिया