विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले त्रिभुवन विमानस्थलमै रोक्यो


काठमाडौं – कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ ।

मंगलबार मात्रै छापा मारेको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको हो ।

उक्त हेल्थ केयरबाट प्रहरीले मंगलबार मात्र नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो ।  उक्त हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ ।

विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो ।

प्रतिक्रिया