बुधबार १३ सय रुपैँयाले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार ३ सय रुपैँयाले बढेर ९२ हजार निर्धारण गरिएको छ ।

यस अघि मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५ सय कायम गरिएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० निर्धारण गरिएको छ ।

मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

प्रतिक्रिया