

वन मन्त्रालयको सचिवमा डा. कँडेल, बिहीबार पदबहाली गर्ने

काठमाडौं – सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. पेमनारायण कँडेललाई सरुवा गरेको छ ।
यस अघिका सचिव डा. विश्वनाथ ओलीले मंगलबार अवकाश पाए लगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार साँझ डा. कँडेललाई पत्र दिएको छ । सोमवार बसेको मन्त्रीपरिषदले डा. कँडेललाई सरुवा गर्ने निर्णय गरिसकेको थियो ।
डा. ओलीलाई मन्त्री प्रेमबहादुर आले तथा कर्मचारीले मंगलबार नै बिदाई गरेका थिए । बुधवार मन्त्री आले राजधानी बाहिर रहने भएकाले सचिव डा. कँडेलले बिहीवार मात्र पदभार गर्ने जनाएका छन् ।
बि.सं २०४३ सालमा निकुञ्ज विभागको रेञ्जरमा निजामति कर्मचारीको सेवा प्रवेश गरेको कँडेलको कामको शिलशिलामा बर्दिया राष्ट्रिय निकुञ्ज, दाङ, जुम्ला, हुम्लालगायतमा काम गरेका थिए ।
नेदरल्याण्डबाट एमएस्सी गरेका कँडेल २०६६ सालमा सहसचिव भएका थिए । यसअघि राष्ट्रपति चुरेमा एक वर्ष सदस्य सचिवका रुपमा काम गरेका कँडेलले प्रदेश २ का प्रदेश वन सचिवको भूमिकामा एक वर्ष काम गरेका थिए ।

