कांग्रेसको क्षमतामाथि ओलीको टिप्पणी: गुटैगुटले कांग्रेसको राजनिति अन्योलग्रस्त


काठमाडौं – नेकपा एमालेको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीदल नेपाली कांग्रेसको क्षमतामाथि टिप्पणी गरेका छन् ।

सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष ओलीले नेकपा विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको कांग्रेसले ताजा जनादेशको पक्षमा पनि दृढतापूर्वक उभिन नसकेको आरोप लगाएका हुन् ।

ओलीले संसद्को मुख्य विपक्षी नेपाली कांग्रेस गुटैगुटले अन्योलग्रस्त बन्न पुगेको विश्लेषण गरेका छन् । दशौँ महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा पेस गरिएको ३२ पृष्ठ लामो दस्तावेजमा भनिएको छ, ‘निरन्तरको प्रयास गरे पनि उसकै नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । र तत्काल त्यस्तो कुनै सम्भावना छैन । नेपाली कांग्रेस यस्तो द्विविधा र कांग्रेसभित्रको गुृटैपिच्छेको भिन्नभिन्नै मतले राजनीतिलाई थप अन्योलग्रस्त बनाइरहेको छ ।’

संसदमा मुख्य विपक्षी नेपाली काङ्ग्रेस यतिबेला अन्यौलबाट गुजिरहेको छ । नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन । निरन्तरको प्रयाश गरे पनि उसकै नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन र तत्काल त्यस्तो संभावमा पनि छैन ।

प्रतिक्रिया