पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे कार्की


काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट पेस गरिएको जानकारी दिए। उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको छ।

यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

 

प्रतिक्रिया