विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इंगल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाउन सक्यो । मलानले ७० रन बनाए । रवि बोपराले ३२ र डन मोस्लेले २९ रन बनाए ।

विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसल महँगो सावित भए । उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए ।

प्रतिक्रिया