सर्वोच्चका न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद


रौतहट – कर्तव्य ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बागमती नगरपालिका–१ का एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट अमेरिकामा निर्मित भनिएको ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ।

कर्तव्य ज्यानजस्तो गम्भीर अपराधको मुद्दामा फरार रहेका थापा हातहतियार तथा गोलीसहित पक्राउ परेपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा अघि बढाएको छ।

पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए ।

उनी जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।

प्रतिक्रिया