कांग्रेसको १५औँ महाधिवेशनः आजबाट बन्दसत्र सुरू हुँदै


काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ। बन्दसत्र आज र भोलि चल्नेछ।

बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ।यस्तै आज मतदाता नामावली प्रकाशन हुँदै छ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।

मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबा बिहानदेखि हुने कांग्रेसले जनाएको छ।

 

प्रतिक्रिया