मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी


काठमाडौँ – मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले  वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले विद्यालय बन्द गराउने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।

कोभिड-१९ को डबल म्युटेड भाइरस संक्रमण फैलने खतरा रहेको भन्दै सरकारले अन्य क्षेत्रमासमेत मापदण्ड तोक्ने तयारी गरेको छ।

यसैगरी यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ। बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।

 

प्रतिक्रिया