कोहलपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस दाउन्नेमा दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते


नवलपरासी — ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं हिँडेको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिँदा १ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते ११ जनालाई उद्धार गरेर कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहिले बिहान सवा ६ बजेसम्म मृतकको विवरण खुल्न सकेको छैन ।

प्रतिक्रिया