
डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
काठमाडौं – डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।
नेपालगन्जबाट यात्रु लिएर गएको उक्त जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।
जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी कुल १३ जना यात्रु सवार थिए। दुर्घटना भए पनि जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको इन्स्पेक्टर रावलले जानकारी दिए।
चक्का फुत्किएको उक्त जहाज अहिले जुफाल विमानस्थलकै धावनमार्गमा रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
