
त्रिपुरेश्वरमा यात्रु बहाक बसमा आगलागी, चालक गम्भीर घाइते
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ ।
सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि द्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको यात्रुबहाकबसमा आगलागी भएको हो ।
आगलागीबाट २५ वर्षीय बसका चालक दावा लामा घाइते भएको जनाइएको छ । उनलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको जनाइएको छ ।
आगलागीको कारण भने खुलिसकेको छैन ।



कागजपत्र |
