
सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते (नामसहित)
सल्यान- जिल्लाको त्रिवेणी गाउँपालिका –०५ सिंखस्थित भित्री सडक-खण्डमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ०८:०० बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।
घाइते मध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान १०:२२ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् ।
मृत्यु त्रिवेणी गा.पा.-०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी, र सो गाउँपालिकाकको वडा ०५ सल्ले बस्ने वर्ष अं. १८ की बिपना बुढाथोकी रहेको जनाइएकाे छ ।
त्यस्तै दुर्घटनामा घाइते हुनेमा चालक जिल्ला सल्यान, त्रिवेणी गा.पा. ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन, साेही स्थानका पारस बोहरा, डिल्लीबहादुर वली र साेही गाउँपालिका वडा नं. ६ की लालमति बुढाथाेकी रहेका छन् ।
घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागी दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



कागजपत्र |
