वीणाको ‘मुकुण्डोनाच’लाई मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार किरण खरेललाई


काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ।

सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

सो पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो।

यस्त्तै छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो।

प्रतिक्रिया