

प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जा, दोस्रोमा कास्की

काठमाडौं – गण्डकी प्रदेशभरिका ११ जिल्ला प्रहरी कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ।
वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेशका एसएसपी मोहन प्रसाद पोखरेलले जानकारी दिए।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङजा र एसपी होबिन्द्र बोगटीले माघ–चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेश प्रहरी कार्यालयको रेकर्डमा पहिलो नम्बरमा राखेको हो।
यस्तैगरी जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय, जिल्ला प्रहरी कार्यालय तनहुँ तृतीय भएको छ। कास्की प्रहरीको नेतृत्व एसपी जीवन श्रेष्ठ र तनँहुु प्रहरीको नेतृत्व एसपी अरुण पौडेलले गरिरहेका छन्।
प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र स्याङ्जाका एसपी होविन्द्र बोगटी, एसपी जीवन श्रेष्ठ र अरूण पौडेलबीच भएको कार्य सम्पादन सम्झौता अनुसारको मूल्याङ्कनमा स्याङजा पहिलो भएको हो।
‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको एसएसपी पोखरेलले बताए। अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा मूल्याङ्कन गरिएको एसएसपी पोखरेलको भनाइ छ।

