सर्प मार्न जाँदा ४८ वर्षीय पुरुषले गुमाए लिंग !


नयाँदिल्ली – एक पुरुषले सर्प मार्न जाँदा आफ्नो लिंग गुमाउनु परेको छ । भारतको सीधी जिल्लामा बिहीबार एक महिलाले आप्mनो घरमा सर्प पसेको भन्दै एक पुरुषलाई सर्प मार्न बोलाएपछि महिलाका पती र छोराहरु मिलेर ती पुरुषको लिंग काटिदिएका छन् ।

राती १० बजेतिर महिलाले सर्प मार्न भनेर ती ४८ वर्षीय पुरुषलाई घरमा बोलाएको मौका पारी महिलाका पती र दुई छोराहरुले ती पुरुषलाई कुटपिट गरी घाइते बनाएका थिए । त्यसपछि महिलाका पतिले ती पुरुषको लिंग काटिदिएका थिए ।

लिंग काटिएपछि ती पुरुषलाई काटिएको लिंगका साथ स्थानीय सेमरिया पुर्याइएको थियो तर सेमरियाको अस्पतालले सञ्जय गान्धी अस्पतालमा रिफर गरिदिएको थियो । अस्पताल पुगे पनि ती पुरुषको लिंग नजोडीने अस्पतालले जनाएको छ ।

हाल घाइतेको अन्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया