
बाग्लुङमा चक्कु प्रहारबाट एक मजदुरको हत्या
बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको हत्या भएको छ।
मृत्यु हुनेमा ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्री रहेका छन्। उनी धम्जा माझकटेरामा मजदुरी गर्दै बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गए राति खत्रीलाई उनीसँगै मजदुरीका लागि आएका ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खत्री र घर्ती दुवै स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका थिए।
घटनापछि प्रहरीले घर्तीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।



कागजपत्र |
