कक्षा १२ को पुरक परिक्षाको रिजल्ट निस्क्यो


काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले साउन २ र ३ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया