

प्रहरीमा कोरोना संक्रमण बढ्न थाल्यो, एसएसपीसमेत संक्रमित

काठमाडौं – फ्रन्टलाइनमा खटिले नेपाल प्रहरीलाई फेरि कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा १३ जना प्रहरीमा संक्रमण भएको छ।
प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंले पछिल्लो समय १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ। गत महिना संक्रमण शुन्यमा झरेकोमा दिनमै १३ जनामा संक्रमण देखिएको हो।
पछिल्लो समय धेरै प्रहरी अधिकारीले कोरोना खोप समेत लगाएका छन्। त्यसका बाबजुत पनि संक्रमण भइरहेको छ।
केही दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक एसएसपीलाई समेत संक्रमण भएकोमा अहिले उनलाई निको भइसकेको छ।

