
असई विक्रम बने अपराध अनुसन्धानकाे असार महिनाकै उत्कृष्ट प्रहरी
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल २०८३ साल असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मानित भएका छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित भुजेलले सूचना सङ्कलनदेखि जटिल प्रकृतिका अपराधको अनुसन्धानसम्म उल्लेखनीय व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका छन् । उनको अनुसन्धान कौशल, जिम्मेवारीप्रतिको समर्पण र प्रभावकारी कार्यशैलीले संगठनभित्र मात्र होइन, सर्वसाधारणमाझ पनि सकारात्मक छाप छोडेको छ।
विशेषगरी असार महिनाभर काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही उल्लेखनीय कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उहाँलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको हो।
प्रहरी संगठनमा इमानदारी, अनुशासन, व्यावसायिक दक्षता र जनसेवाप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएका असई भुजेलको यो सम्मानले सम्पूर्ण प्रहरी संगठनलाई थप उत्साहित बनाएको प्रहरी अधिकारीहरूको बुझाई छ ।



कागजपत्र |
