धरानमा विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा २ कर्मचारीको मृत्यु


काठमाडौं – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत कार्यका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटना हुँदा दुई कर्मचारीको निधन भएको छ ।

दुर्घटनामा धरान–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्यको निधन भएको हो । मृतक राई सेवा करारका चालक हुन् भने आचार्य स्थायी कर्मचारी हुन् ।

प्रतिक्रिया