धोबीखोलामा हाम फालेकी एक महिलाको शव बल्खुमा फेला


काठमाडौं – काठमाडौँको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ।

सशत्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौँ महानगरपालिका १४ बल्खु कुमारी क्लब नजीकै को क्षेत्रस्थित बागमती नदीबाट सो शव निकालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य सुरु गरेको थियो।

अहिले शव भेटिए पनि पहिचान नखुलेको उनले बताए।

प्रतिक्रिया