
सुनको मूल्यमा प्रतितोला २४ सय रूपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ४०० सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १६० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



कागजपत्र |
