अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ सामान्य बढेको छ ।

आजका लागि अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५३ पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९१ पैसा रहेको छ ।

खाडी मुलुकतर्फ साउदी अरबियन रियाल १ को खरिद दर ४० रुपैयाँ ५६ पैसा र बिक्री दर ४० रुपैयाँ ७२ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर (पेग्ड) नै रहेको छ । राष्ट्र बैंकले यो खुला बजार विनिमय दर वाणिज्य बैंकहरूका लागि मार्गदर्शन मात्र भएको र विभिन्न बैंकहरूमा यो दर केही फरक हुन सक्ने जनाएको छ ।

 

प्रतिक्रिया