करेन्ट लागेर वडा सचिवको मृत्यु


दाङ – दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया