

भारतमा एकैदिन २ लाख ६० हजार बढीलाई संक्रमण पुष्टी, १४९५ जनाको मृत्यु

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४७ लाख ८२ हजार ४६१पुगेको छ ।
हालसम्म भारतमा १ करोड २८ लाख ३ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १ हजार ५०२ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४९५ जनाको मृत्यु भएको छ ।

