
डीएभी कलेजको छतबाट हामफालेर १२ कक्षाका विद्यार्थीले गरे आत्महत्या
ललितपुर – ललितपुरको जावलाखेलस्थित डीएभी कलेजका एक विद्यार्थीले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
डिएभीमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले सोमबार दिउँसो छतबाट हामफालेपछि तत्काल सुमेरू अस्पताल लगिएकाेमा सोहीदिन मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सिंहले सोमबार दिउँसो साढे १२ बजे छतबाट हामफालेका थिए ।
काठमाडौं महानगरपालिका- ७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् ।
हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए ।
प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।



कागजपत्र |
