राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। उनलाई पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको अख्तियार सम्बद्ध स्रोतले जनाएको छ।

स्रोतका अनुसार उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि संलग्न रहेको आशंका गरिएको छ। अनुसन्धानका क्रममा अर्यालसहित उनी पनि पक्राउ परेका छन्।

त्यसैगरी, अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ। पक्राउ परेकाहरूमाथि हाल सुरक्षा निगरानीमा राखी अनुसन्धान अघि बढाइएको बताइएको छ।

अख्तियारले पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता र आर्थिक चलखेलबारे विस्तृत छानबिन अघि बढाएको छ।

प्रतिक्रिया