संविधान संशोधनका लागि सुझाव संकलन गर्ने एमालेको निर्णय


काठमाडौं-  नेकपा एमालेले संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने निर्णय गरेको छ। यसका लागि पार्टीभित्र गठन गरिएको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठकले राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट राय–सुझाव संकलन गर्ने निर्णय गरेको हो।

बैठकले सुझाव संकलन र कार्यतालिका निर्माणका लागि अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।

त्यसैगरी, संविधान संशोधन प्रक्रियालाई अघि बढाउन अन्य राजनीतिक दलहरूसँग संवाद, छलफल र अन्तर्क्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ।

कार्यदलको सदस्य–सचिवको जिम्मेवारी नेता महेश बर्तौलालाई दिने निर्णयसमेत गरिएको एमालेले जनाएको छ।

प्रतिक्रिया