बालेन सरकार ६ महिना पनि टिक्न नदिने गरी आन्दोलन गर्नुपर्छ : महेश बस्नेत


काठमाडौंनेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध सशक्त आन्दोलनको संकेत दिएका छन्। उनले बालेन नेतृत्वलाई लक्षित गर्दै एमालेको अगुवाइमा आन्दोलन आवश्यक रहेको बताएका हुन्।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले बालेनले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत भएको टिप्पणी गरे। उनले यस्ता अभिव्यक्ति दिने नेतृत्वविरुद्ध राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने धारणा राखे।

‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले योभन्दा बढी बुझ्नुपर्ने केही छैन,’ बस्नेतले भने, ‘अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी, भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा अझ सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ।’

उनले पार्टीभित्रको एकतालाई थप बलियो बनाउँदै संगठनलाई जनस्तरसम्म सक्रिय बनाउनुपर्नेमा समेत जोड दिए। एमाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर पार्टीका कार्यक्रम र आन्दोलनलाई प्रभावकारी बनाउन उनले आग्रह गरे।

बस्नेतको अभिव्यक्तिले पछिल्लो समय विकसित राजनीतिक विवाद र बालेनसँग सम्बन्धित बहसलाई थप चर्काउने अनुमान गरिएको छ।

प्रतिक्रिया