सुधन गुरुङसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरेको भन्दै कांग्रेसको सरकारलाई ध्यानाकर्षण


काठमाडौं-  नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगरेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत खड्काले उक्त प्रतिवेदन सार्वजनिक नभएकोप्रति प्रश्न उठाएका हुन्।

सांसद खड्काका अनुसार सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे विभिन्न प्रश्न उठेका थिए। सोही विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो र समितिले प्रतिवेदन बुझाइसकेको एक साता बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नभएको उनले बताए।

उनले छानबिन प्रतिवेदन आएपछि सुधन गुरुङ पुनः गृहमन्त्री बनेको उल्लेख गर्दै, तर सो सम्बन्धी प्रतिवेदन भने अझै सार्वजनिक नगरिएको भन्दै सरकारको जवाफ माग गरे।

कांग्रेसले छानबिन प्रतिवेदन ढिलाइ गरी सार्वजनिक नगरिनु पारदर्शितामाथि प्रश्न उठाउने विषय भएको भन्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया