
त्रिभुवन विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई जना पक्राउ
काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा सहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जाँदै गरेका मोहम्मद इन्ताज अली र एमडी जाकिर हुसेनलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाली रुपैयाँ, अमेरिकी डलर र मलेसियन रिङ्गिट बरामद गरिएको छ। एक जनाले सुटकेसमा फल्स बटम बनाएर र अर्का व्यक्तिले ल्यापटप ब्यागमा लुकाएर रकम लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन्।



कागजपत्र |
