अमेरिका पठाउने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ


काठमाडौं-  अमेरिका पठाइदिने भन्दै साढे ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठ रहेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार श्रेष्ठले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै राम्रो तलब, आकर्षक काम र सुरक्षित भविष्यको प्रलोभन देखाएर एक जनाबाट ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन्। रकम लिएपछि उनी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ।

पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

प्रतिक्रिया