

त्रिकोणात्मक सिरिजः नेदरल्यान्डविरुद्ध नेपालको फराकिलो जित
कुशल र आशिफको अर्धशतकीय पारी

काठमाडौं – नेपालमा जारी नेपाल, नेदरल्यान्ड र मलेशियासम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।
शनिबार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा नेपालले नेदरल्यान्डविरुद्ध ९ विकेटको शानदार जित हात पारेको छ ।
नेदरल्यान्डले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै खेल १५ औं ओभरमा १ सय ४१ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पु¥याए । भुर्तेलले ४६ बलमा ५ छक्का र ५ चौकासहित ६२ रन बनाउँदै १२ औं ओभरको चौथो बलमा आप्mनो विकेट गुमाए ।
त्यस्तै अशिफ शेखले ३८ बलमा समान ४ छक्का र चौकाको मद्दतले ५४ रन बनाएर नटआउट रहे भने कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन बनाएर नटआउट नै रहे । कप्तान मल्लले जितका लागि २ रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै नेपाललाई शानदार जित दिलाए ।
त्यसअघि टस जितेर फिल्डिङ गरेको नेपालले नेदरल्यान्डलाई २० ओभरमा १ सय ३७ रनमा रोक्न सफल भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी र सहबाब आलमले १÷१ विकेट हात पारे । लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट हात पारेका थिए भने सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र दिएका थिए ।
नेदरल्यान्डका लागि बासडे लेडेले सर्वाधिक ४१ रन बनाए भने स्कट इडवार्डसले ३० रन बनाए । त्यस्तै कप्तान पिटर सेइलारले २३ रन बनाउँदा अन्टोनियु स्टालले २० रन बनाएका थिए ।

