
सुन र चाँदी दुवैको बढ्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा मंगलबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोलामा ४०० र चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको सुन ३ लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार एक तोला चाँदीको मूल्य ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



कागजपत्र |
