कस्ताे छ प्रचण्डको स्वास्थ्य अवस्था ?


काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।

निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार चिकित्सकको सल्लाहबमोजिम प्रचण्डलाई एक–दुई दिन अस्पतालमै राखेर उपचार गरिनेछ। उनले प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र अस्पतालबाहिर आएर हिँडडुल गर्न नसक्ने खालको कुनै गम्भीर समस्या नरहेको बताए।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। चिकित्सकले एक–दुई दिन अस्पतालमै बसेर उपचार गर्न सुझाव दिनुभएको छ। त्यसअनुसार उहाँ उपचाररत हुनुहुन्छ,’ आचार्यले भने।

स्वास्थ्यमा असहजता महसुस भएपछि प्रचण्ड शनिबार अस्पताल भर्ना भएका थिए। चिकित्सकको निगरानीमा उनको उपचार जारी रहेको बताइएको छ।

प्रतिक्रिया