
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।
कांग्रेससहित विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएको भन्दै विरोध जनाउँदै आएका छन्। अवरोध र विरोधकैबीच संसदको कामकारबाही अगाडी बढिरहेको छ।
सरकारले भोलि आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दैछ। भोलि साँझ साढे ५ बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने छ।



कागजपत्र |
