हजार रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

मूल्यमा आएको यो गिरावटसँगै बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार यसको मूल्य प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ रहेको थियो।

सुनको मूल्य ओरालो लागिरहँदा बुधबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ५ हजार ६० रुपैयाँमा सीमित भएको थियो भने साताको पहिलो दिन सोमबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया